खुकुरी प्रहारबाट संखुवासभामा एक जना गम्भीर घाइते

[sharethis-inline-buttons]

मेघराज तामाङ

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका २ दिदिङमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा चिचिला गाउँपालिका २ दिदिङका ५० वर्षीय दुर्गाबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

बिहीबार साँझ ७ बजेतिर सामान्य विवाद हुँदा सोही ठाउँका ३० वर्षीय दिनेश राईले खुकुरी प्रहार गर्दा गुरुङ गम्भीर घाइते भएका हुन् । खुकुरी प्रहारबाट गुरुङको टाउको,आँखा र शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले बताएको छ ।

गम्भीर घाइते गुरुङको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको छ । खुकुरी प्रहार गर्ने राई फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


प्रकाशित : २०७८ कार्तिक १२ शुक्रबार