१२ कार्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा फेरि एकपटक माओवादी आतंक सुरु भएको बताएका छन् । पार्टीको भरतपुर महानगर समितिले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । देशमा निरंकुशता लाद्न खोज्ने प्रवृत्तिविरूद्ध माओवादी आतंक सुरू भएको उनको भनाई छ ।
‘केपी शर्मा ओलीको प्रवृत्तिविरूद्ध एउटै पार्टीभित्र बसेर धेरै लडियो, उनको स्वेच्छाचारी प्रवृत्तिका विरूद्ध पार्टीमा धेरै आलोचना भए तर ओली प्रवृत्ति कायमै रह्यो,’ उनले भने, ‘बाध्य भएर त्यसकाविरूद्ध लडाइँ लड्नुपर्ने भयो। उनलाई बिदा गरेरै छाडियो।’
प्रकाशित : २०७८ कार्तिक १२ शुक्रबार