इथियोपियामा टिग्रे क्षेत्रमा सेनाको हवाई आक्रमण, कम्तिमा १० जनाको मृत्यु

[sharethis-inline-buttons]

१२ कार्तिक,काठमाण्डौ । इथियोपियाको सेनाले युद्धग्रस्त टिग्रे क्षेत्रको राजधानीमा हवाई आक्रमण गरेको छ । सेनाको आक्रमणमापरि कम्तिमा १० जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन । अन्य दर्जनौ घाईते भएका छन ।

वायुसेनाले आतंकवादी समूहले आफ्नो सैन्य उपकरणहरू राख्नको लागि प्रयोग गरेको मेस्फिन इन्डस्ट्रियल इन्जिनियरिङको दोस्रो भागमा हवाई आक्रमण गरेको जनाएको छ ।सेनाले अधिकांश आक्रमण आवासीय क्षेत्रमा गरेकाले धेरै हाताहाती भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।आक्रमणबाट बाटोहरु भत्किएका कारण समयै उपचार नपाएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको ।


प्रकाशित : २०७८ कार्तिक १२ शुक्रबार