१२ कार्तिक, काठमाडौं । नेपाल घुम्नैपर्ने विश्वका १० उत्कृष्ट देशको सूचीमा परेको छ । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट गन्तव्यको सूचीमा नेपाललाई पनि समावेश गरेको हो । उक्त सूचीमा नेपाल ८ औं स्थानमा रहेको छ ।
सूचीको पहिलो नम्बरमा कुक आइल्याण्ड छ । दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस, चौथोमा बेलिज, पाँचौंमा स्लोभानिया, छैटौंमा एंगुइला, सातौंमा ओमान, आठौंमा नेपाल, नवौंमा मलावी र दसौंमा इजिप्ट विश्वको उत्कृष्ट गन्त्वयको सूचीमा छन् ।
कोरोना महामारीका कारण नेपालको पर्यटन व्यवसाय संकटमा परेको बेला घुम्नैपर्ने विश्वका १० उत्कृष्ट देशको सूचीमा समावेश हुनु सुखद पक्ष भएको पर्यटन व्यवसायीहरूले बताएका छन् ।