बारले आज प्रधानन्यायाधीश जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने

[sharethis-inline-buttons]

१२ असोज, काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आन्दोलनको बारेमा छलफल गर्न बार कार्यसमितिको बैठक आज बस्दैछ । बैठकबाट जबराविरुद्ध थप कार्यक्रम घोषणा गर्ने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार जबराबाट राजीनामा आउने अपेक्षा बारले गरेको थियो तर त्यसो नभएपछि आज बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्न लागिएको हो । नेपाल बारले गत मंगलबार प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो ।

जबराले कार्यकारीसँग संवैधानिक निकाय र मन्त्रिपरिषद्मा भाग लिएको, आफ्नो स्वार्थ जोडिएका मुद्दाको सुनुवाइ अनिश्चितकालसम्म स्थगित गराएको, न्यायपालिकामा भएका विकृति सुधार गर्ने कार्यमा आफैँ बाधक बनेको, पेसी सूची प्रकाशन र इजलास तोक्ने विषयलाई वैज्ञानिक बनाउन अनुसन्धान समितिले दिएको प्रतिवेदन लत्याएको लगायतिका कारण देखाउँदै न्यायिक क्षेत्रबाट उहाँको राजीनामाको माग भइरहेको छ ।


प्रकाशित : २०७८ कार्तिक १२ शुक्रबार