धानमा क्षति बेहोरेका किसानलाई ६५ प्रतिशतसम्म राहत दिने सरकारकाे निर्णय

[sharethis-inline-buttons]

काठमाडौँ – सरकारले बैठकले बैमोसमी बर्षापछिको बाढी, पहिरो र डुवानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कठ्ठाभन्दा कम जग्गा भएका साना किसानलाई क्षतिको ६५ प्रतिशत राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

उनकाअनुसार १० कठ्ठादेखि ३ विघासम्म जग्गा भएका मध्यम वर्गको किसानलाई क्षतिको ३० प्रतिशतसम्म र ३ विघादेखि बढी जग्गा भएका किसान अथवा आंशिक क्षति भएका किसानलाई क्षतिको २० प्रतिशत राहत दिने निर्णय भएको छ । धानको न्युनतम समर्थन मूल्य कायम गर्दा निर्धारण भएको उत्पादन लागतका आधारमा किसानले राहत पाउने प्रवक्ता कार्कीले जानकारी दिए ।


प्रकाशित : २०७८ कार्तिक ११ बिहीबार