
सिरहा । सिरहामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । विष्णुपुर गाउँपालिका २ का ७५ वर्षीय किसुन यादव मृत अवस्थामा फेला परेका हुन । कानबाट रगत बगेको अबस्था उनको शव आज विहान नरहा गाउँपालिका १ वलुवा भेटिएको हो । टाउकोमा लाठी प्रहार गरि हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : २०७८ कार्तिक ११ बिहीबार