टी–ट्वान्टी विश्वकप : अष्ट्रेलिया र श्रीलंकाबीच आज प्रतिस्पर्धा हुँदै

[sharethis-inline-buttons]

काठमाडाैं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्र्तगत आजको खेलमा अष्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ । दुबईको अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा खेल हुनेछ । गएराति भएको खेलमा भने नामिबियाले स्कटल्याण्डलाई ४ विकेटले पराजित गरेको हो । यससँगै नामिबियाले विश्वकपको सुपर १२ मा पहिलो पटक जित निकाल्न सफल भएको छ । स्कटल्याण्डले दिएको १ सय १० रनको लक्ष्य नामिबियाले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । हिजो नै भएको पहिलो खेलमा भने इंग्ल्यान्ड विजयी भएको छ । बंगलादेशलाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले लगातार दोस्रो जित निकालेको हो ।


प्रकाशित : २०७८ कार्तिक ११ बिहीबार