हङकङको संसदद्धारा नयाँ चलचित्र सेन्सरसिप कानुन पारित

[sharethis-inline-buttons]

काठमाडौं । हङकङको संसद्ले नयाँ चलचित्र सेन्सिरसिप कानुन पारित गरेको छ । चिनियाँ राष्ट्रिय सुरक्षा चासोलाई उल्लङ्घन गर्ने किसिमका चलचित्रलाई सेन्सरसिप गर्नका लागि उक्त कानुन बनाइएको बीबीसीले जनाएको छ । हङकङमा स्वतन्त्रता कुण्ठित गर्नका लागि सन् २०२० देखि नै चीनले विभिन्न कानुन बनाइरहेको छ ।

चिनियाँ सुरक्षा चासोका विषयलाई उल्लंघन गर्ने किसिमका चलचित्र बनाउनेलाई तीन वर्ष जेल र १३० हजार डलर जरिवाना तोकिएको खबरमा उल्लेख छ । यो कानुनले स्थानीय चलचित्र उद्योगलाई खुम्च्याउने काम गरेको भन्दै आलोचनासमेत भइरहेको छ ।


प्रकाशित : २०७८ कार्तिक ११ बिहीबार