प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

[sharethis-inline-buttons]

काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । यसअघि कात्तिक ९ गतेका लागि बोलाइएको बैठक विशेष कारणवश बस्न नसक्ने भन्दै आजलाई सारिएको हो । प्रतिनिधि सभाको अघिल्लो बैठक असोज २२ गते बसेको थियो । गत भदौ २३ देखि बसेको संसद् बैठकले प्रमुख प्रतिपक्षी एमालेको नाराबाजी कै बीच पनि सदनको काम अघि बढाउँदै आएको छ ।


प्रकाशित : २०७८ कार्तिक ११ बिहीबार