
१० कार्तिक, काठमाडौं । नेपाली काँग्रेसले आगामी १४ महाधिवेशनको मितिको सारेको छ । बुधबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि ३० गते गर्ने गरी महाधिवेशनको मिति प्रस्ताव गरेको हो । वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन गर्ने समेत निर्णय पनि बैठकले गरेको छ । ३० गते पालिका अधिवेशन र मंसिर ३ गते अधिवेशन हुन बाँकी सबै जिल्लामा प्रदेश अधिवेशन हुने छ ।
प्रकाशित : २०७८ कार्तिक १० बुधबार