बागमती प्रदेशमा राजेन्द्र पाण्डेद्वारा बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश

[sharethis-inline-buttons]

काठमाडौँ – बागमती प्रदेशमा नयाँ सरकार गठन (मुख्यमन्त्री) का लागि गठबन्धनले बहुमतको साथ प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि दलहरूलाई आह्‍वान गरेलगत्तै गठबन्धन सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गर्न पुगेको हो ।

मुख्‍यमन्त्री दाबीका लागि ५८ प्रदेशसभा सदस्‍यहरूले हस्ताक्षर गरेको बताइएको छ। हस्ताक्षर गर्नेहरूमा  माओवादीका २३, काङ्ग्रेसका २२, नेकपा एसका १३ र जसपा १ सदस्‍य छन्।

विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीको प्रस्ताव गरेको छ। बागमतीमा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ।


प्रकाशित : २०७८ कार्तिक १० बुधबार