
काठमाडौँ – बागमती प्रदेशमा बिहीबार अपरान्ह ३ बजेभित्र मुख्यमन्त्री पदमा दावी पेश गर्न आह्वान भएको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज राजीनामा दिएपछि नयाँ सरकार गठन गर्ने बाटो खुलेको थियो।
प्रदेश प्रमुख कार्यालयले दुई वा दुईभन्दा बढी दलहरूबाट बिहीबार अपरान्ह ३ बजेभित्र मुख्यमन्त्री पदको दावी गर्न आह्वान भएको छ।
नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी शाक्यले आज दिएको राजीनामा स्वीकृत भएसँगै नयाँ मुख्यमन्त्री नियुक्तिको बाटो खुलेको हो ।
प्रकाशित : २०७८ कार्तिक १० बुधबार