प्रशिक्षक अल्मुताइरीले एन्फासँग गरे थप तीन वर्षको सम्झौता

[sharethis-inline-buttons]

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग थप तीन वर्षको नयाँ सम्झौता गरेका छन् । बुधबार अल्मुताइरीले एन्फा अध्यक्षय कर्माछिरिङ शेर्पा र कतार फुटबल एसोशिसन (क्युएफए)का पदाधिकारीहरुसँगको भेटमा ३ वर्षको लागि नयाँ सम्झौता गर्ने निर्णय गरेको जानकारी दिएका हुन्। उनले नेपाल फर्किन सहयोग गरेकोमा कतार फुटबल संघलाई धन्यवाद दिएका छन्। यस्तै, उनले नेपाली फुटबलका लागि आगामी २ वर्षको योजना बनाएको पनि जानकारी दिएका छन्। उनले आफू र आफ्नो खेलाडीलाई नेपाली फ्यानहरूको साथ र माया चाहिएको पनि बताएका छन्।

https://www.facebook.com/abdullah.almutairi1891


प्रकाशित : २०७८ कार्तिक १० बुधबार