मादीमा मुर्दाबादको नारा लागेपछि ३ दलको संयुक्त विज्ञप्ती जारी

[sharethis-inline-buttons]

मेघराज तामाङ

संखुवासभा । संखुवासभाको मादी नगरपालिकामा मुर्दाबादको नारा लगाइएपछी ३ दलले संयुक्त विज्ञप्ती जारी गर्दै भत्सना गरेको छ । मंगलबार नेपाल कम्युनिष्ट पार्टी एमालेको मादी नगरअधिवेशनका क्रममा नगर परिक्रमा गर्दै अन्य दललाई मुर्दावादको नारा लगाएको भन्दै उनीहरुले भत्सना गरेको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले संयुक्त विज्ञप्ती मार्फत भनेको छ, नेकपा एमालेका केन्द्रिय सदस्य तथा संघीस संसद राजेन्द्र गौतम र मादी नगरपालिकाका मेयर विदुर लिंथेप जस्ता पार्टीका जिम्मेवार व्यक्तिको नेतृत्वमा पार्टीको झण्डा ब्यानरको साथमा आफ्नो नगर अधिवेशन जस्तो विषयमा दोस्रो पार्टी नेपाली कांग्रेस र अन्य दललाई मुर्दावादका नारा प्रयोग भएको देख्दा सुन्दा नेकपा एमालेमा राजनैतिक संस्कार नभएको देखिएको छ ।

जसका कारण नेकपा एमालेले मादी नगरपालिकामा अन्य दललाई अपमान गर्दै आपसी सद्भाव र भाइचाराको मूल्यलाई तोड्दै मुडभेटतिर नेकपा एमाले उद्धत भएकाले यस्तो घृणित कार्यको घोर भत्सना गर्दछौं ।उनीहरुले भनेका छन् पार्टीको नेतृत्वले गरेको गल्ती नसच्याए आफैं सच्याउन बाध्य हुने उल्लेख गरिएको छ ।


प्रकाशित : २०७८ कार्तिक १० बुधबार