
काठमाडाैं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्र्तगत आज दुई खेल हुदैछ । आजको पहिलो खेल इङग्लाण्ड र बंगलादेशबीच हुनेछ । भने दोस्रो खेलमा स्कटल्याण्ड र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल दुबईको शेख जायद क्रिकेट मैदानमा हुनेछ । गएराति भएको खेलमा भने न्युजिल्याण्डलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ ।
न्युजिल्याण्डले दिएको १ सय ३५ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । जितसँगै पाकिस्तानले २ खेलमा ४ अंक जोडेको छ ।
समूह २ मा रहेको पाकिस्तान शीर्ष स्थानमा रहेको छ । हिजो नै भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले वेष्टइन्डिजलाई हराएको छ । दुबईमा भएको खेलमा दक्षिण अफ्रिका ८ विकेटले विजयी भएको हो ।