प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने बारको चेतावनी

[sharethis-inline-buttons]

काठमाडाैं । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पद त्याग गर्न आग्रह गरेको छ । प्रधानन्यायाधीश राणाले राजीनामा नदिए आजदेखि देशभर आन्दोलन गर्ने चेतावनी बारले दिएको छ ।

हिजो बसेको नेपाल बार सल्लाहकार समितिको बैठक र त्यसपछि बसेको बार कार्यसमितिको बैठकपछि जारी विज्ञप्तीमा प्रधानन्यायाधीश राणाबाट अब संवैधानिक दायित्व पूरा हुन नसक्ने देखिएकाले राजीनामा दिइ पद त्याग गर्न माग गरिएको हो ।

प्रधानन्यायाधीशले पदबाट राजीनामा नदिए देशभरका बार इकाइमार्फत आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने निर्णय समेत हिजोको बैठकले गरेको छ । नीतिगत रुपमा गर्न सकिने नियमावली, कार्यविधि, मापदण्ड निर्माण समेतका काममा र इजलास नियमित गर्ने कुराहरुमा सुधार नभएको भन्दै बारले आपत्ति जनाएको छ ।


प्रकाशित : २०७८ कार्तिक १० बुधबार