
१० कार्तिक,काठमाण्डौ । सुडानको सेनाले ‘गृहयुद्ध’ रोक्नको लागि आफुहरुले सत्ता कब्जामा लिएको बताएको छ ।सत्ता कब्जामा लिएपछि पहिलोपटक गरिएको पत्रकार सम्मेलनमा बोल्दै सेनाका जनरल अब्देल फताह अल–बुर्हानले सैनिक कूको बचाउ गर्दै गृहयुद्धतर्फ देशलाई धकेल्न खोज्ने राजनीतिज्ञहरूलाई किनारा लगाउनुको विकल्प नरहेको प्रतिक्रिया दिएका छन ।
सेनाले प्रधानमन्त्री र मन्त्रीलाई नियन्त्रणमा लिएर सत्ता कब्जा गरेपछि सैनिकबिरुद्ध भएका प्रदर्शन र नाराबाजीमा ७ सर्बसाधरणको मृत्यु भएको थियो ।
सेनाले सर्बसाधरणमा अपिल जारी गर्दै कुनै पनि शंका नगर्न र प्रदर्शन नगर्न आग्रह गरेको छ र देशको रक्षा गर्नका लागि सेनाले जस्तो सुकै समस्याको सामना गर्न तयार रहेको समेत प्रतिबद्धता ब्यक्त गरेको छ ।