टी–ट्वान्टी विश्वकप क्रिकेट : पाकिस्तानको दोस्रो सानदार जित

[sharethis-inline-buttons]

१० कार्तिक,काठमाण्डौ ।आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्याण्डलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले लगातार दोस्रो जित दर्ता गरेको छ ।सारजाह क्रिकेट मैदानमा गए राति भएको खेलमा न्युजिल्याण्डले दिएको १ सय ३५ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर भट्टायो ।

पाकिस्तानको जितमा मोहमद रिजवानले ३३ रन जोडे । यस्तै शोयब मलिक र आसिफ अलीले अविजित रहदै समान २७ रन बनाए ।यस्तै फखर जमान, मोहमद हाफिज र इमाद वासिम समान ११ रनमा आउट भए । कप्तान बाबर आजम ९ रनमा आउट भए ।जितसँगै २ खेलमा ४ अंक जोडेको पाकिस्तान शीर्ष स्थानमा रहेको छ।

यस्तै गएराती नै भएको अर्को खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हराएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको हो । वेस्ट इन्डिजले दिएको एक सय ४४ रनको लक्ष्य दक्षिण अफ्रिकाले मात्र दुई विकेट गुमाएर आठ बल अघि नै भेटायो ।

जितसँगै दक्षिण अफ्रिका दुई खेलमा दुई अङ्क बटुल्दै अङ्क तालिकाको चौथौ स्थानमा उक्लिएको छ । दुई खेलमा दुई खेल नै हारेको वेस्ट इन्डिज भने तालिकाको पुछारमा छ ।


प्रकाशित : २०७८ कार्तिक १० बुधबार