आजको मौसम : पहाडी तथा हिमाली भू–भागमा पानी पर्ने सम्भावना

[sharethis-inline-buttons]

१० कार्तिक,काठमाण्डौ ।आज पनि देशका अधिकाशं भूभावमा मौसममा बदली आएको छ ।नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएपनि देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महमाशाखाले जनाएको छ ।

तत्काल पानी पर्ने सम्भावना नरहेपनि बिहान बेलुका हुस्सु लागेसंगै चिसो भने बढेको छ । आज दिउँसो देशको पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र तराईका भु–भागमा सामान्यतया सफा देखि आंशिक बदली सम्म रहनेछ। देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

यस्तै राती देशको पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र तराईका भु–भागमा सामान्यतया सफा देखि आंशिक बदलीसम्म रहनेछ। पहाडी भूभागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ ।


प्रकाशित : २०७८ कार्तिक १० बुधबार