अक्सिजनविना बरुञ्‍चीमा

[sharethis-inline-buttons]

भोजपुर– हिमाल आरोहिहरूलाई सफल आरोहण गराउन गाइड, शेर्पा, क्लाईम्बर, सरदार, पोटरलगायत अन्य धेरैको भूमिका हुन्छ । उनीहरू आफ्नो ज्यान जोखिममा राखेर आरोहीहरूलाई सफल आरोहण गराउन हरतहरले लागिरहन्छन् । आरोहणमा सहयोग गर्नेहरू केहीले सुखद जीवन विताइरहेका छन् भने कतिले हिमालमा नै आफ्नो ज्यान गुमाएका छन् । आरोहीलाई सफल आरोहण गराउन सहयोगीहरूको मुख्य भूमिका रहन्छ ।

त्यस्तै एक सहयोगी भोजपुर षडानन्द नगरपालिका-८ का सरोज तामाङले २ वर्ष अगाडिदेखि आरोही समूहमा किचन स्टाफको रूपमा काम गर्दै आइरहेका छन् । उनले हालसम्म १२ हिमाल आरोहीहरूसँग किचन स्टाफको रूपमा काम गरेका छन् । तामाङ्ले हालसम्म मादी, आमायांग्री, कञ्चनजंगा, मकालु शेर्पेनी कुल, बरुञ्चि, आमालोप्चा, चोला, रेन्जोला, टासीलोप्चा, गोर्खा–लर्के र मुस्थाङ–थोराङ हिमाल आरोहिहरूसँग काम गरेका छन् । हिमाल आरोहिहरूलाई आरोहण गराउँदा धेरै समस्या आइपर्ने सरोज तामाङ सुनाउछन् ।

तामाङ संखुवसभामा पर्ने बरुञ्ची हिमाल आरोहण टिममा किचन स्टाफको काम गर्दा बरुञ्ची (क्याम्प १ ओइस्कोल ६२.०० मि.) मा विना अक्सिजन पुगेका थिए । उनीसहित ३१ सदस्यीय टोलीविना अक्सिजन ओइस्कोल पुगेका थिए । ६२०० मि. उचाईमा पनि आफूलाई विना अक्सिजन केही असहज नहुँदा अझमाथिसम्म विना अक्सिजन जान सकिने मनोबल बढेको तामाङले बताए । आफूलाई केही नभए पनि टिममा केहीलाई समस्या भएको तामाङले बताए ।

फर्किने समयमा मौसम प्रतिकुलका कारण हिमपात परेकोले धेरै समस्या झेल्नु परेको थियो । त्यही हिमपातका कारण हिम पहिरोमा परी किचन स्टाफ कुकको मृत्यु हुँदा दुख लागेको तामाङले बताए ।

सिजन सिजनमा मात्र चल्ने यो कामले निरन्तर नहुँदा समस्या हुन्छ । ट्रेकिङमा किचन स्टाफ तर्फ लो ९ सय ५० देखी १३ सय सम्म दैनिक ज्यालादर हो । यो ज्यालादर कम्पनी अनुसार फरक फरक हुने गरेको छ । जोख्खिम मोलेर आरोहीलाई सफल आरोहण गर्न गरेको मेहनत र थोरै ज्यालाले जीवन संकटमा पर्ने गरेको छ । च्याउसरी खुलेका ट्रेकिङ कम्पनीलाई सम्बन्धित निकायले निगरानी नगर्दा ज्यालादरमा एकरूपता नुहँदा ट्रेकिङका कर्मचारीहरू मर्कामा पर्ने गरेका तामाङले बताए ।


प्रकाशित : २०७८ कार्तिक ९ मंगलवार