
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश जारी गर्ने पाँच जना न्यायाधीशलाई राजीनामा गर्न सुझाव दिएका छन् । मंगलबार पार्टी कार्यालय बबरमहलबाट एमालेको पालिका अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले पाकिस्तानी शैलीमा परमादेश जारी गर्ने सबैले राजीनामा दिनुपर्ने बताएका हुन् । ओलीले नागरिकले न्यायका लागि भरोसा गर्ने ठाउँ अदालतलाई विवाद र तमासाको थलो नबनाउन आग्रह समेत गरे ।
ओलीले बार र वकिलले संसद् विघटनका बेला बार र वकिलले इजलास तोक्ने काम गरेको आरोप लगाउँदै हुँदै नभएको आधारमा राष्ट्रपतिलाई परमादेश जारी गरिएको जिकिर गरेका छन् । एमाले अध्यक्ष ओलीले वर्तमान पूर्ण रूपमा असफल भएको दाबी गरे ।
प्रकाशित : २०७८ कार्तिक ९ मंगलवार