काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरूबीचको छलफल सकिएको छ । पछिल्लो समय देखिएको विवाद समधान गर्न न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग छलफल गरेका हुन् ।
छलफल सकिए लगत्तै न्यायाधीशहरू छुट्टै छलफलमा जुटेका छन् । न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा प्रधानन्यायाधीश राणासँग छलफल सुरु भएको हो । छलफलमा न्यायाधीश डा. आनन्दमोहन भट्टराईले निकास खोज्न प्रस्ताव राख्ने तयारी छ ।
प्रधानन्यायाधीश जबरा न्यायिक विचलन, भागबन्डा, सौदाबाजी र भ्रष्टाचारमा संलग्न भएको भन्दै नेपाल बार एशोसियसन लगायतका सरोकारवाला सङ्घसङ्गठनले आज ध्यानाकर्षण समेत गराउने भएका छन् । हिजो प्रधानन्यायाधीश जबराले १३ न्यायाधीशलाई सातवटा इजलास तोके पनि उनीहरू इजलासमा बसेनन् ।
सर्वोच्च बारको कार्यसमिति हिजोको बैठकले न्याय प्रशासन सञ्चालन गर्न प्रधानन्यायाधीश जबरा पूर्णरूपमा असफल र असक्षम भएको भन्दै निकासका लागि मार्गप्रशस्त गर्न आह्वान गरेको छ । बारका सदस्य खिमानन्द अधिकारीका अनुसार बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने बारेमा छलफल गर्नेछ ।