प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरूबीचको छलफल सुरु

[sharethis-inline-buttons]

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरूबीच छलफल सुरु भएको छ । पछिल्लो समय देखिएको विवाद समधान गर्न न्यायाधीशहरू र प्रधानन्याधीशबीच छलफल भएको हो । छलफलमा बस्नु अघि १५ जना न्यायाधीशले आपसमा छलफल गरेका थिए ।

साथै प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा न्यायिक विचलन, भागबन्डा, सौदाबाजी र भ्रष्टाचारमा संलग्न भएको भन्दै नेपाल बार एशोसियसन लगायतका सरोकारवाला सङ्घसङ्गठनले आज ध्यानाकर्षण समेत गराउने भएका छन् । । हिजो प्रधानन्यायाधीश जबराले १३ न्यायाधीशलाई सातवटा इजलास तोके पनि उनीहरू इजलासमा बसेनन् ।

सर्वोच्च बारको कार्यसमिति हिजोको बैठकले न्याय प्रशासन सञ्चालन गर्न प्रधानन्यायाधीश जबरा पूर्णरूपमा असफल र असक्षम भएको भन्दै निकासका लागि मार्गप्रशस्त गर्न आह्वान गरेको छ । बारका सदस्य खिमानन्द अधिकारीका अनुसार बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने बारेमा छलफल गर्नेछ ।


प्रकाशित : २०७८ कार्तिक ९ मंगलवार