ईलाममा श्रीमानद्वारा श्रीमती र छोरीको हत्या

[sharethis-inline-buttons]

९ कार्तिक,काठमाण्डौ । ईलाममा आफ्नै श्रीमानले श्रीमती र छोरीको हत्या गरेका छन्। ईलामको देउमाई नगरपालिका वडा नम्बर ५ का ३४ बर्षीय पूर्णचन्द्र तामाङले ३५ बर्षीय श्रीमती सीता र १५ वर्षीया छोरी दीक्षा तामाङको हत्या गरेको स्थानीयले जनाएका छन ।

गएराती खाना खाएर संगै सुतेका तामाङले श्रीमती र छोरीको हत्या गरेका हुन । हत्या किन गरियो भन्ने बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।तामाङले श्रीमती र छोरीसंगै घरमा पालेको कुकुर समेत मारेका छन ।

हत्याको जानकारी पछि घटनास्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिनुभयो ।


प्रकाशित : २०७८ कार्तिक ९ मंगलवार