९ कार्तिक,काठमाण्डौ । सुडानमा सेनाले प्रधानमन्त्री सहितका उच्चपदस्थ अधिकारीहरुलाई नियन्त्रणमा लिएर सत्ता कब्जा गरेपछि भड्किएको हिंसामा ७ जनाको ज्यान गएको छ भने १४० भन्दा बढी घाईते भएका छन ।
सैनिक कू को बिरुद्धमा सडकमा उत्रिएका भिड अनियन्त्रित भएपछि सेनाले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
सेनाले अन्तरिम प्रधानमन्त्री अब्दल्ला हाम्डोक र अन्य वरिष्ठ अधिकारीहरूलाई सोमबार बिहानै पक्राउ गरेपछि राजधानी खार्तुम र यसको जुम्ल्याहा सहर ओमदुरमानका सडकमा हजारौं मानिसहरू सैन्य कब्जाको विरोधमा उत्रिएका छन । भिड नियन्त्रण्मा लिन सेनाले गोली चलाउँदा कम्तीमा सात जनाको मृत्यु भएको बताईएको छ ।