सल्यानमा एक व्यापारीबाट ३ लाख रुपैयाँ लुटपाट

[sharethis-inline-buttons]

मिना बुढाथोकी
सल्यान । सल्यानमा तरकारी खरिदका लागि आएका व्यापारी लुटिएका छन् । सोमबार कपुरकोट गाउँपालिका वडा नम्बर १ को कालापात्लाको जंगलमा चार पाँच जनाको अपरिचित समूहले हतियार देखाएर व्यापारीबाट नगद ३ लाख रुपैयाँ लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

नेपालगञ्ज बाँकेबाट तरकारी खरिद गर्न आएका सेराज हलवाईलाई मुख छोपेर आएका लुटेराहरूको समूहले दिनदहाडै लुटपाट गरेका हो । रा १ ख २३९१ नम्बरको मिनि ट्रकमा व्यापारी कपुरकोटमा तरकारी खरिदका लागि आएका थिए ।

लुटेराहरुको समूहले सोमबार विहान करिब साढे ११ बजेको समयमा गाडी रोकेर सामान्य तोडफोड गरी खुकुरी देखाएर तर्साउदै नगद ३ लाख लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । उनका अनुसार मिनि ट्रकमा ब्यापारि र चालक तथा लेवर सहित चार जना थिए ।

मुख छोपेर आएका लुटेराहरुले गाडीको चाबी समेत खोसेर लगेका छन भने गाडीका कागजात च्यातिदिएका छन्। रकम लुटेर उनीहरु रोल्पातीर भागेको व्यापारीले बताए । गाडी घटनास्थलमै रहेकोे घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७८ कार्तिक ९ मंगलवार