
मेघराज तामाङ
संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिकामा बाक्लो असिना परेपछि बिभिन्न किसिमका बाली नष्ट गरेको छ । सोमबार करिब ३ बजे परेको असिना पानीले धान, तरकारी बाली, कोदो लगायतमा क्षती पुगेको हो ।
करिब १ घण्टाको लगातार परेको असिना पानीका कारण चिचिला गाउँपालिकाका अन्य वडाहरु सहित २ नम्बर वडामा ठूलो क्षती पुगेको गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले बताए । स्थानीयको जानकारी अनुसार धान लगायतका पाकेका बालीमा धेरै क्षती भएको छ । उनका अनुसार भोली बिहान गाउँपालिका स्तरका विपत व्यवस्थापन समितिले क्षतिको विवरण संकलन गरिने छ ।
प्रकाशित : २०७८ कार्तिक ९ मंगलवार