विश्वकप क्रिकेट : पाकिस्तान र न्यूजिल्याण्डबीचकाे भिडन्त आज

[sharethis-inline-buttons]

९ कार्तिक, काठमाडाैं ।  आईसीसी टी–ट्वान्टी वल्र्डकप अन्तगर्त आज दुई खेलहरू हुँदैछन् । सुपर १२ अन्तर्गत जारी खेल अन्तर्गत आज दक्षिण अफ्रिका र वेस्ट इन्डिस तथा पाकिस्तान र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । आजको पहिलो खेल दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच हुनेछ । यी दुई टोलीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ : ४५ मा हुनेछ ।

यस्तै आजै हुने दोस्रो खेल पाकिस्तान र न्यूजिल्याण्डबीच हुनेछ । सारजहाँ क्रिकेट स्टेडियममा हुने यी दुई टोलीबीचको खेल साँझ ७ : ४५ मा सुरु हुनेछ । यसअघि, हिजो भएको खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई १ सय ३० रनले पराजित गरेको छ । अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो । पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । जितसँगै समूह २ मा रहेको अफगानिस्तान १ खेलमा २ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ ।


प्रकाशित : २०७८ कार्तिक ९ मंगलवार