कैलालीमा एमाले र नेकपा एसका कार्यकर्ताबीच झडप

[sharethis-inline-buttons]

कैलाली । नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) पार्टीका कार्यकर्ताबिच कैलालीमा झडप भएको छ । गौरीगंगा नगरपालिकामा रहेको पार्टी कार्यलयको बारेमा विवाद हुँदा उनीहरूबिच सामान्य झडप भएको हो ।

सोमबार दिउँसो नेकपा (एस)का कार्यकर्ताले उक्त पार्टी कार्यलयमा तालाबन्दी गरेका थिए । त्यसपछि एमालेका कार्यकर्ता पनि उक्त कार्यलय आफ्नो भएको दाबी गर्दै तालाबन्दी गर्न पुगेपछि झडप भएको प्रहरीले बताएको छ । अहिले त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्ट बताए ।


प्रकाशित : २०७८ कार्तिक ८ सोमबार