बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा

[sharethis-inline-buttons]

काठमाडौँ – नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । सोमबार बसेको बारको आकस्मिक बैठकले प्रधानन्यायाधीशको राजीनामा मागेको हो । न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनामा मागिएको हो ।  बैठकले प्रधानन्यायाधीश राणाको नेतृत्वमा न्यायालय सञ्चालन हुनसक्ने अवस्था नदेखिएकोले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

बैठले सत्तारुढ गठबन्धनसँग राजनीतिक भागबण्डा खोजेको, न्यायालय सुधारका लागि पहल नगरेको, पेशी तोक्दा न्यायिक मान्यता उल्लघंन गरेको लगायतका आरोप लगाउँदै बारले प्रधानन्यायाधीश राणाले राजीनामा दिनु उपयुक्त हुने धारणा बनाएको हो । प्रधानन्यायाधीशले तत्काल राजीनामा नदिए आन्दोलन गर्ने निर्णयसमेत बार बैठकले गरेको छ ।

न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।


प्रकाशित : २०७८ कार्तिक ८ सोमबार