
८ कार्तिक,काठमाण्डौ । सुडानमा सेनाले प्रधानमन्त्री अब्दुल्लाह हमडोकलाई नियन्त्रणमा लिएको छ ।सुडानको सैन्य बलले प्रधानमन्त्री अब्दल्ला हमडोकलाई नियन्त्रणमा लिएर घरमै नजरबन्दमा राखेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।
उच्च स्रोतका अनुसार सेनाले कू को प्रस्ताव गरेपनि प्रधानमन्त्रीले अस्वीकार गरेपछि सेनाले प्रधानमन्त्री अब्दुलह हमडोकलाई पक्राउ गरी अज्ञात स्थानमा लगेको छ ।प्रधानमन्त्रीसंगै उद्योग मन्त्री इब्राहिम अल शेख र सुडानको राजधानी खार्तुमका गभर्नर अयमान खालिदलाई पनि सेनाले नियन्त्रणमा लिएको छ ।
यस्तै सूचना मन्त्री हमजा बलौल, प्रधानमन्त्रीका मिडिया सल्लाहकार फैसल मोहम्मद सालेह र सुडानको सत्तारुढ सार्वभौम परिषद्का प्रवक्ता मोहम्मद अलफिकी सुलिमानलाई पनि पक्राउ गरिएको एसोसिएटेड प्रेस समाचार एजेन्सीले लेखेको छ ।
सेनाले गत महिना असफल कूको प्रयास गरेपनि सफल हुन सकेको थिएन । चौतर्फी रुपमा सुडानमा सैनिक कू भएको बताईरहेपनि सेनाले कुनै प्रतिक्रिया जनाएको छैन ।