८ कार्तिक, काठमाडौं । अफगानिस्तानमा तालिवान लडाकु र सशस्त्र समूहबीच भएको भिडन्तमा परी १७ जनाको ज्यान गएको छ । अफगानिस्तानको हेरात प्रान्तमा उक्त भिडन्त भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
ज्यान गुमाउनेमा तीन महिला, सात पुरुष र सात बालबालिका रहेको समाचारमा उल्लेख गरिएको छ । ती सवैको मृत्यु गोली लागेर भएको बताइएको छ । अफगान अधिकारीका अनुसार तालिबानले हेरातमा आइतबार अपहरणमा संलग्न स्थानीय समूहलाई लक्षित गरी विशेष कारबाही गरेको थियो ।
प्रकाशित : २०७८ कार्तिक ८ सोमबार