सिनामंगलबाट ११ जना अफगानी नागरिक पक्राउ

[sharethis-inline-buttons]

८ कात्तिक, काठमाडौं । काठमाडौंको सिनामंगलबाट प्रहरीले ११ जना अफगानी शरणार्थीलाई पक्राउ परेका छन् । आज बिहान सिनामंगलको एक होटलबाट प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु बिना अनुमती नेपाल आएकाे हुन सक्ने भन्दै सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद गरिएको छ । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि उनीहरू शरण खोज्दै नेपाल आएको बताईएको छ । उनीहरू बिना अनुमती नेपालमा आएको पुष्टि भए अध्यागमन कानुन अनुसार कारबाही गरिने प्रहरी जनाएको छ ।


प्रकाशित : २०७८ कार्तिक ८ सोमबार