
८ कात्तिक, काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा हुने भएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले उद्घाटन सत्र नारायणी नदी किनारमा गर्न सिफारिस गरेको हो । साथै बन्द सत्र सौराहामा हुने भएको छ ।
महाधिवेशनको तयारी सुरुआत भइसकेको एमाले चितवनले जनाएको छ । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार आइतबार नारायणी नदी किनार र सौराहाको स्थलगत अनुगमन समेत गरिएको छ । एमाले नेता सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारीलगायतकाको उपस्थितिमा अवलोकन गरिएको हो ।
उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने भएकोले नारायणी नदी किनारको खुल्ला ठाउँ छनोट गरिएको उनको भनाइ छ । भने सर्वसाधारणलाई सहज हुने गरी उक्त ठाउँ उद्घाटन सत्रका लागि उपयुक्त हुने बताईएको छ ।