अमेरिकाले दिएको १ लाखभन्दा धेरै फाइजर खोप नेपाल आइपुग्यो

[sharethis-inline-buttons]

८ कात्तिक, काठमाडौं । अमेरिकाले दिएको १ लाखभन्दा धेरै कोरोनाविरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ । सोमबार बिहान कतार एयरवेजको जहाजमार्फत उक्त खोप काठमाडौं आइपुगेको हो । अमेरिकाले कोभ्याक्स सुविधामार्फत उक्त परिणामको खोप नेपाललाई सहयोग गरेको हो ।

अमेरिकाबाट आएको खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

यसअघि अमेरिकाले एक डोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार मात्रा कोरोना खोप अनुदानमा नेपाललाई दिएको थियो । तिहार र छठ पर्व सकिएपछि खोप कार्यक्रम सुरु हुने जनाइएको छ । यसअघि गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो ।

 


प्रकाशित : २०७८ कार्तिक ८ सोमबार