यू-२३ एसियन कप छनोट : नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्ने

[sharethis-inline-buttons]

८ कात्तिक, काठमााडौं । एएफसी २३ वर्ष मुनीको एसियन कप छनोटमा नेपालले आज इरानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल मैदानमा नेपालले इरानको सामना गर्नेछ । नेपाल र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो ४: ४५ बजे सुरु हुनेछ । नेपालले २३ वर्ष मुनीको एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो ।

यस अघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो । त्यस खेलमा इरानले नेपाललाई ५–० ले पराजित गरेको थियो । छनोटको समूह ’बी’ मा रहेको नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।


प्रकाशित : २०७८ कार्तिक ८ सोमबार