अमेरिकाबाट १ लाखभन्दा धेरै फाइजर खोप नेपाल आउँदै

[sharethis-inline-buttons]

८ कात्तिक, काठमाडौं । सोमबार कोरोनाविरुद्धको फाइजर खोप नेपाल आईपुग्ने भएको छ । अमेरिकाले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको १ लाखभन्दा धेरै फाइजर खोप नेपाल आउन लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा सागर दाहालका अनुसार उक्त खोप आज बिहान कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । यसअघि अमेरिकाले एक डोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार मात्रा कोरोना खोप अनुदानमा नेपाललाई दिएको थियो । यो खोप थोरै मात्रामा आएकाले दीर्घ रोगीलाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


प्रकाशित : २०७८ कार्तिक ८ सोमबार