प्रधानन्यायाधीश जबराको आह्वानमा सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै

[sharethis-inline-buttons]

८ कात्तिक, काठमाडौं । आफूमाथि लागेका आरोपका बारेमा छलफल गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज दिउँसोका लागि सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाउनुभएको छ । हिजो नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाउने बताउनुभएको थियो ।

दिउँसो साढे १ बजेका लागि पूर्ण बैठक बोलाउने बारेमा जानकारी आफूहरूलाई गराइएको बार एशोसियसनका अध्यक्ष चन्डेश्वर श्रेष्ठले बताउनुभयो । पूर्ण बैठकमा सहभागी हुने वा नहुने भन्ने बारेमा छलफल गर्न बार एशोसियसनको बैठक बिहान ११ बजेका लागि बोलाइएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

हिजो दिउँसो बसेको सर्वोच्च अदालतका १४ न्यायाधीशहरूको बैठकले भने पूर्ण बैठकमा सहभागी नहुने निर्णय गरेको थियो । पूर्ण बैठकका लागि ‘हरिकृष्ण कार्कीको प्रतिवेदन र वरिष्ठ अधिवक्ता उपाधी दिने एजेण्डा न्यायाधीशहरूलाई पठाइएको छ । आगामी दिनमा कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गर्न असन्तुष्ट न्यायाधीशहरूबीच आज पनि छलफल हुनेभएको छ ।

 


प्रकाशित : २०७८ कार्तिक ८ सोमबार