बेमौसमी वर्षाले राजमार्गमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको क्षति गर्‍यो

[sharethis-inline-buttons]

८ कात्तिक, काठमाडौं । गत आइतबारदेखि भएको वर्षाका कारण राष्ट्रिय राजमार्गमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले संसदको विकास तथा प्रविधि समितिमा आज प्रारम्भिक क्षतिको विवरण प्रस्तुत गर्दै गत आइतबारदेखि भएको वर्षापछि आएको बाढी पहिरोले १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति पुगेको जानकारी दिनुभयो ।

अनुसार कात्तिक १ गतेयता बाढी पहिरोको कारण १० वटा राजमार्ग र सडक १८ ठाउँमा अवरुद्ध छन् । बाढी पहिरोका कारण ४ वटा राजमार्ग अहिले पनि अवरुद्ध रहेको र ६ ठाउँमा अहिले पनि गाडी चलाउन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।


प्रकाशित : २०७८ कार्तिक ८ सोमबार