थप ५ ५७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

[sharethis-inline-buttons]

काठमाडौँ – नेपालमा आइतबार थप ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ६१ पिसिआर परीक्षणका क्रममा ५ सय २२ जना र १ हजार ५ सय ६४ एन्टीजेन परीक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण पुष्‍टी भएको हो ।

संक्रमितको संख्या ९ लाख ३ हजार ७१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ४८ जनाको कोरोनाको कारण मृत्यु भएको छ । थप ८७७ संक्रमित कोरोना मुक्त भएका छन् ।


प्रकाशित : २०७८ कार्तिक ७ आईतवार