संघीयता उल्टाउने प्रयत्न भइरहेको दाहालको दाबी

[sharethis-inline-buttons]

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम विश्वकर्मा साहित्य प्रतिष्ठान र नेपााल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा दाहालले आफूलाई नै अपराधी सावित गरेर मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताए ।

दाहालले जातीय विभेदका लागि भएका विद्रोहलाई समेत बदनाम गराउन खोजेको समेत बताए । दलित, आदिवासी, जनजाति, महिलाका कुरा उठाएकै कारण आफुले अनेक आरोप खेप्नुपरेको उनको भनाइ छ ।


प्रकाशित : २०७८ कार्तिक ७ आईतवार