प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित

[sharethis-inline-buttons]

काठमाडौँ – प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ ।

प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले कार्तिक १५ गते दिउँसो १२ः३० गते बस्ने गरी आइतबारको बैठक स्थगित गरेका हुन् । सभामुख भण्डारीले सर्वदलीय बैठक आह्वान गरी दलहरुसँग छलफल गरेर बैठक स्थगित गर्ने निर्णय गरेका हुन् ।

त्यसअघि नेपाली काँग्रेस र नेकपा एमालेले आइतबार बस्ने प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका थिए ।


प्रकाशित : २०७८ कार्तिक ७ आईतवार