
रञ्जन भण्डारी
महोत्तरी,७ कार्तिक । बर्दिवास स्थित सवै सरकारी कार्यालयका कर्मचारीहररूले राष्ट्रसेवक कर्मचारीमाथी भएको कुटपिटको विरोध गर्दै प्रदर्शन गरेका छन् । धनुषाको जनकपुरधाम स्थित खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित प्रमुख राजेश कुशवाहालाई दुव्र्यवहार गर्ने सिके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्तामाथि कार्यवाहीको माग गर्दै कर्मचारीहररू प्रर्दशनमा उत्रीएका हुन् ।
कर्मचारीहररूले विरोध स्वरूप एक घन्टा सम्पूर्ण सरकारी कार्यालयको सेवा समेत ठप्प पारेका छन् । उनीहरुले कर्मचारीमाथि हुने दण्डहिनताको अन्त्यको माग समेत गरेका छन् । जनमत पार्टीका नेता कार्यकर्तालाई सरकारले कडा कारवाही नगरे आन्दोलनका थप कार्यक्रम घाेषणा गर्ने कर्मचारी मिलन केन्द्र बर्दिवासका अध्यक्ष संदेश मास्केले वताए । उनले आज प्रदर्शन गरिएकाे र ईलाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको समेत जानकारी दिए ।
बर्दिवासको नगर र बजार क्षेत्र परिक्रमा गरेका कर्मचारीहरूले प्रदर्शन पश्चात इलाका प्रशासन कार्यालय बर्दिवास पुगेर ज्ञापनपत्र समेत बुझाएका छन् । धनुषा प्रहरीले सिके राउतका १७ जना नेता तथा कार्यकर्तालाई खानेपानी कार्यलयका निमित्त प्रमुखमाथि अभद्र व्यवहार गर्दै दुव्र्यवहार गरेको भन्दै मुद्दा दर्ता गरि कारवाही अघि बढाईसकेको छ ।