सुनको मूल्यमा समान्य वृद्धि

[sharethis-inline-buttons]

७ कार्तिक,काठमाण्डौ । हप्ताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । शुक्रबार स्थिर रहँदै ९१ हजार ७ सय रुपैयाँ तोलामा कारोबार भएको सुन आज तोलामा ४ सयले बढेर ९२ हजार एक सय रुपैयाँ तोलामा किनबेच भैरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि आज बढेको छ । गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँ तोलामा किनबेच भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार २ सय ६० रुपैयाँ तोलामा कारोबार भैरहेको महासंघले जनाएको छ ।


प्रकाशित : २०७८ कार्तिक ७ आईतवार