सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु,७ घाइते

[sharethis-inline-buttons]

मिना बुढाथोकी
सल्यान । सल्यानमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । दुर्घटनामा परी  बागचौर नगरपालिका निवासी १८ वर्षीय आशीष बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ ।

आइतबार विहान करिव ७ : ५० बजे सल्यानको बागचौरबाट दाङ तर्फ गइरहेको भे १ च १८९० नम्बरको बोलेरो जीप डबल क्याब कपुरकोट ३ स्थित मुलपानी बनस्पति उद्यान नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले जानकारी दिए ।

दुर्घटनामा घाइतेहरुको उपचार प्रादेशिक अस्पताल तुल्सिपुरमा भइ रहेको उनले बताए । अन्य घाइतेहरुमा बागचौर नगरपालिका वडा न १ सल्यान निवासी अन्दाजी १४ वर्षिय आयुस बस्नेत, २२ वर्षिय मनोज वस्नेत, बानेपा २ का अन्दाजी २७ वर्षिय सिता वली, २८ वर्षिय बविता रावल र निजको ११ वर्षिय छोरी एसिका रेउले तथा गाडी चालक बानपा २ का १९ वर्षिय हिक्मत पुन मगर रहेको प्रहरीले जनाएको छ ।

यस्तै बानपा २ का १९ वर्षिय अर्जुन केसीको अवस्था सामान्य छ ।उनको कपुरकोट स्थित स्थानीय मेडिकलमा उपचार भइ रहेको प्रहरीले जनाएको छ । गाडी सडकबाट एक सय मिटर भन्दा तल खोल्सामा खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७८ कार्तिक ७ आईतवार