सात वर्षको कार्यकाल पछि मुसाले पायाे अवकाश,अब बदाम तथा केराघारीमा दिनचर्या कटाउने

[sharethis-inline-buttons]

काठमाण्डौ ।मुसा भन्ने बित्तिकै हामी उपद्रो मच्चाउने जीबका रुपमा लिन्छौँ । हामी कहाँ हुने मुसाले बिगार गर्ने बाहेक अरु केहि पनि गर्दैनन ।

खेत,करेसाबारी खन्ने,राखेका कपडा काट्ने,भान्सामा भएका सबै चिज खाईदिने,अनि दुलो खन्ने गर्छन। यहि कारण मुसालाई हामी देख्ने बित्तिकै लौरो लिएर खेदिहाल्छौँ । जसरी पनि हामी मुसा मार्न खोज्छौ ।

मुसाले गर्ने यस्ता हर्कतले हमी आजित भर्ईसकेका छौँ । तर दुनियाँमा यस्ता बहादुर मुसा पनि हुन्छन । जस्ले मानिसले गर्ननसक्ने काम गरेर बिश्व नै चकित पार्नसक्छन । आउनुहोस आज हामी यस्तै एक बहादुर मुसाको चर्चा गर्दैछौ । कम्बोडियामा बारुदी सुरुङ पत्ता लगाउने एक मुसा (मगावा) लाई अबकाश दिईएको छ ।

५ बर्षको कार्यकालमा उक्त मुसाले ७१ ओटा बारुदी सुरुङ पत्ता लगायो र दर्जनौ बिस्फोटक पदार्थ सुँघेर थाहा पाए । यस अबधीमा यस मुसाले २ लाख २५ हजार स्क्वायर मिटरको सुरुङ सफा गर्न मद्धत गर्यो यो क्षेत्रफल झण्डै ४२ ओटा फुटबल पीच बराबरको क्षेत्रफल हुन आउँछ । तान्जनियाको ७ बर्षिय मुसालाई बेल्जियमको एपपो नामक संस्थाले तालिम दिएको थियो ।

५ बर्ष सम्म निरन्तर रुपमा बारुदी सुरुङ पत्ता लगाउन सघाउने यो मुसालाई शनिबारबाट अबकाश दिईएको छ । कम्बोडियाको एक गैर सरकारी संस्थाका कार्यक्रम संयोजक माईकल हैमेनले भने अब यो मुसाको अबकाश नै उत्तम बिकल्प हो ।

७ बर्षसम्म निरन्तर काम गर्यो । ७१ ओटा सुरुङ र ३८ ओटा बिस्फोटक पदार्थको खोजपछि मगावा धेरै थाकेको छ । अब बुढोपनि भैसक्यो शरीरले धान्न सक्दैन अब मगावालाई आराम चाहिएको छ । एक गैर लाभकारी संस्थाले बिस्फोटपछि रासायनिक तत्वको पत्ता लगाउनका लागी यो मुसालाई ताँन्जेनियामा प्रशिक्षण दिईएको थियो ।

यो संगै अन्य २० ओटा मुसा तालिमका लागी कम्बोडिया आईसकेका छन ।बारुदी सुरुङ पत्ता लगाउनका लागी सरकारी अधिकारीबाट मान्यता पनि पाईसकेका छन । यो मुसाको रिटायर्ड लाईफ अब बदाम तथा केराघारीमा बित्ने छ ।

पशु बहादुरको पहिलो सुचिमा सुचिकृत यो मुसाले ब्रिटिस संस्थाबाट पुरस्कार सहित गोल्ड मेडल समेत जितिसकेका छन । –एजेन्सीको सहयोगमा


प्रकाशित : २०७८ कार्तिक ७ आईतवार