काठमाडौं । हुम्लामाा खाद्यान्न अभाव हुने देखिएको छ । उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका तीन गाउँमा तिल, जाँङ, हल्जीमा खाद्यान्न अभाव देखिएको हो । हिमपातले पाँच हजार मिटरको उचाइको न्यालुलेख आवतजावत बन्द भएसँगै नाम्खा गाँउपालिका–६ का तीन गाउँमा खाद्यान्न संकट भएको हो ।
हल्जीका ८० घरपरिवार , जाँङमा ३० घरपरिवार र तिल गाउँमा २५ घरपरिवार बसोवास गरिरहेका छन् । खाद्यान्न अभाव भएसँगै लिमि एकता तथा विकास समाजका युवाहरू मिलेर नेपालगन्ज, सुर्खेतबाट मगाएको खाद्यान्न हिमपातले न्यालुलेख बन्द पछि लिमी पु¥याउन समस्या भएको छ । नेपालगन्ज र सुर्खेतबाट व्यक्तिगत रूपमा मगाएको मैदा र घ्यु सिमकोटमै थन्किएको तामाङले बताउनुभयो ।
प्रकाशित : २०७८ कार्तिक ७ आईतवार