सन् २०६० सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने साउदीको लक्ष्य

[sharethis-inline-buttons]

काठमाडौं । साउदी अरेबियाले सन् २०६० सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ । कोप २६ सम्मेलन हुनुभन्दा केही दिन अघि साउदीका राजकुमार मोहम्मद बिन सलमानले आज यो घोषणा गर्नुभएको हो । राजकुमार सलमानले साउदी ग्रीन इनिसिएटिभ फोरममा रेकर्ड गरिएको कार्यक्रममा यस्तो बताउनुभएको हो ।

उहाँले सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले घटाउने पनि प्रतिबद्धता जनाउनुभएको छ । साउदी ग्रिन एनिसिएटिभले हरेक वर्ष कार्बन उत्सर्जन २७८ मिलियन टन कर्बन उत्सर्जन घटाउने लक्ष्य समेत लिएको छ । सन् २०१८ मा साउदीले ० दशमलब ६२ गिगाटन कार्बन डाइअक्साइड उत्सर्जन गरेको थियो ।

गत मार्चमा साउदीले तेल प्रयोग हुने करिब ५० प्रतिशत क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरेर कार्बन उत्सर्जन घटाउने बताएको थियो । साउदीको कार्बन उत्सर्जन घटाउनका लागि सन् २०३० सम्म अर्बौं बिरुवाहरु रोप्ने प्रतिबद्धता जनाएको छ ।


प्रकाशित : २०७८ कार्तिक ७ आईतवार