सुर्खेतबाट काठमाडौं आउँदै गरेको बसमा आगलागी

[sharethis-inline-buttons]

७ कात्तिक, काठमाडौं । सुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रु बसमा आगलागी भएको छ । ना ६ ख १४७१ नम्बरको बस धादिङको गजुरी बजारमा गुडिरहेको बेला एक्कासी आगलागी भएको हो । आज बिहानपख २ बजे आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

बसमा सवार सवै यात्रुहरू सकुशल रहेका छन् । बसभित्र धुँवा देखिएलगत्तै चालकले बसलाई रोकेर यात्रुलाई बाहिर निकालेका थिए । जसको कारणले कुनै मानवीय क्षति हुन नपाएको प्रहरीको भनाई छ ।

आगलागीको कारण खुलेको छैन । तर बसभित्र गरिएको वायरिङमा सट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । बसमा लागेको आगो प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए ।

 


प्रकाशित : २०७८ कार्तिक ७ आईतवार